फाइल तस्वीर
काठमाडौँ, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । आज आइतबारदेखि पर्सि मङ्गलबारसम्म चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कमिटीमा रहेकामध्ये दुई सय ५१ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण र उहाँहरुको जिम्मेवारी, केही नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रीय संरचनाहरूको निर्माणलगायत विषयमा छलफल हुने बताइएको छ ।

महासचिव घनश्याम भुसालका अनुसार पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिने विषय प्राथमिकतामा रहेको छ ।

केन्द्रीय संरचनाहरुको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको महासचिव घनश्याम भुसालले जानकारी दिनुभयो ।