काठमाडौँ, भदौ ७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पछिल्ला समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि जुट्न सबै पक्षलाई आग्रह गर्नुभएको हो ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले भन्नुभएको छ, “तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ । थप मानवीय क्षति हुन नदिन घाइतेको शीघ्र उद्धार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।”