काठमाडौँ, भदौ ६ गते । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु डिस्पोज गरेकोे हो ।

घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।