मध्यविन्दु, भदौ ४ गते । पहिरोका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली–३ जन्तीपहिरोमा पहिलो जाँदा सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाउने काम साँझसम्म सकिएपछि सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
पानी पर्न बन्द भएपछि सडक मर्मत सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोर सञ्चालन भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जातर्फ जाने सवारी गन्तव्यतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए रातिदेखि अत्यधिक वर्षा भएको थियो ।