फाइल तस्वीर
काठमाडौँ, भदौ ४ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । भोलि बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाले जनाएको छ ।

भोलिहुने केन्द्रीय समितिको बैठकमा पार्टीको सङ्गठन निर्माण, राष्ट्रिय भेलाका र कर्णाली विशेष अभियानका बारेमा छलफल हुने जनाइएको छ । बैठकमा केन्द्र र सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिहरु, आगामी स्थानीय तहको उपनिर्वाचन र संविधान दिवसको कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।
साथै देशको वर्तमान राजनीतिक घटनाक्रमको बारेमा पनि बैठकमा छलफल हुनेछ ।