फाइल तस्वीर
हेटौँडा, भदौ २ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुकदेव काफ्लेलाई बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा तामाकोशी गाउँपालिका–३ का काफ्लेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्य न्यायाधिवक्ता काफ्लेले भदौ ५ गते बुधबार पद तथा गोपनीयताको शपथ लिनुहुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।