फाइल तस्वीरः राष्ट्रियसभाको बैठक ।

काठमाडौँ, भदौ २ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको ३३ औं बैठक आज बस्दै छ । काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आइतबार दिउँसो १:१५ बजे बैठक बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार आज बस्ने सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्नुहुने कार्यसूची छ ।

आजैको बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूचीसमेत रहेको संसद सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।