फाइल तस्वीर
काठमाडौँ, साउन ३२ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भदौको तेस्रो साताका लागि केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । भदौ ९ गतेदेखि तीन दिनसम्म बस्ने केन्द्रीय कमिटीको बैठक बस्ने उक्त पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिनुभएको हो ।

पार्टी महासचिव घनश्याम भुसालका अनुसार भदौ ९, १० र ११ गते तीन दिन काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकले पार्टीको २१ सदस्यीय पदाधिकारी चयन गर्नेदेखि केन्द्रीय कमिटीका सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचना निर्माणलगायत विविध विषय प्रस्तुत गर्ने कार्यक्रम रहेको महासचिव भुसालले बताउनुभयो ।