तस्वीरमा प्रधानमन्त्री केपी ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा ।

काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्माओली र नेपाल भ्रमणमा आजै आउनुभएका अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबीच आज शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उहाँहरुबीच नेपाल र अमेरिकाको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

अमेरिकी मन्त्री वर्माले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत उच्चस्तरीय भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएको हो ।