संसदीय सुनुवाई समितिको निर्विरोध निर्वाचित सभापतिमा ईश्वरीदेवी न्यौपाने
काठमाडौँ, साउन ३१ गते । संसदीय सुनुवाई समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद, संसदीय सुनुवाई समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा न्यौपाने निर्वाचित हुनुभएको हो ।

लामो समयदेखि रिक्त रहँदै आएको संसदीय सुनुवाई समितिको बैठक अहिलेसम्म समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा सभापतित्वमा बस्दै आएको थियो । उक्त समितिको सभापतित्वको जिम्मेवारी संहाल्दै आउनुभए राणले निर्वाचनमा एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गर्नुभएको हो । नवनिर्वाचित सभापति न्यौपाने काङ्ग्रेसको सांसद र संसदीय सुनुवाई समितिको सदस्यसमेत हुनुहुन्थ्यो ।

ज्येष्ठ सदस्य जबराले नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई दिंदै सफल कार्यकालको लागि शुभकामनासमेत दिनुभएको छ । नवनिर्वाचित सभापति न्यौपानेलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शपथ ग्रहण गराउने कार्यक्रम छ ।