फाइल तस्वीर राष्ट्रियसभा बैठक ।
काठमाडौँ, साउन ३१ गते । प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक’ राष्ट्रियसभामा पुगेको छ । आज बिहीबारको बैठकमा टिआरसी विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गर्नुभएको हो ।

उक्त विधेयक राष्ट्रियसभाको बैठकले पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ । राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते सोमबारमात्रै बस्ने संसद सचिवालयले जनाएको छ ।