फाइल तस्वीर
क्यान्बेरा, साउन ३१ गते । अस्ट्रेलियाको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बिहीबार अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स ९एबीएस० द्वारा प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा बेरोजगारी दर बढेर ४ दशमलव २ प्रतिशत पुगेको छ । जुनमा ४ दशमलव १ प्रतिशत र नोभेम्बर २०२१ यता बराबरको उच्चतम सङ्ख्या हो।


राष्ट्रिय प्रसारक अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) का अनुसार अर्थशास्त्रीहरूले बेरोजगारी दर परिवर्तन हुने अपेक्षा गरेका थिए।