फाइल तस्वीर
काठमाडौँ, साउन ३१ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । बैठक आज बिहीबार बिहान ११ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।

गत शुक्रबारदेखि भएको पदाधिकारी र त्यसपछि सुरुभएको स्थायी समितिको बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूबाट उठाइएका विषयहरुमा अध्यक्ष प्रचण्डले प्रष्टीकरण दिनुहुने बताईको छ ।