फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभामाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभामा प्रस्तुत गरिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा दलका शीर्ष नेताहरुले बैठकमा आ–आफ्नो धारणा राख्नुहुने भएको हो ।

संसद सचिवालयले जारी गरेको सूचना अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । उक्त विधेयकलाई आजै संसद् बैठकबाट पारित गर्ने तयारीे छ ।