फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, साउन ३० गते । प्रतिनिधिसभाको चौंथो अधिवेशनको ४७ औं बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बुधबार दिउँसो १ बजेका बैठक बस्ने तय भएको हो ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयलद्वारा जारी सूचनाअनुसार आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

355