फाइल तस्वीर
काठमाडौँ, साउन २५ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० रुपैयाँ निर्धारण भएको छ ।