फाइल तस्वीर कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ।
काठमाडौँ, साउन २५ गते । प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न संसदीय समितिहरुको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज शुक्रबार तीनवटा संसदीय समितिहरुको बैठक बस्ने तय भएको हो ।

सचिवालयले जनाए अनुसार अहिले बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, पूर्वाधार विकास समिति को बैठक बस्दै छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यसैगरी आजै दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने कार्यसूची रहेको छ ।