फाइल तस्वीरः काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक ।
काठमाडौँ, साउन २४ गते । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हिजो बुधवारदेखि सुरुभएको बैठक आज बिहीबार पनि बस्न लागेको हो ।

हिजोबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टीको सय दिने सङ्गठनात्मक अभियान आगामी भदौ १५ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने प्रस्तावलाई अनुमोदन गर्नुको साथै भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउनेदेखि विभिन्न ११ वटा प्रस्तावमाथि छलफल बताइएको छ । बैठकमा देशको समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।