फाइल तस्वीर
काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएकामा दुःख व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहनुभएका प्रधानमन्त्री ओलीले हेलिकप्टर दुर्घटनाको खबर थाहा पाएपछि नगरप्रमुखहरुसँगको भेटघाटलाई संक्षिप्त बनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको बताउनुभयो ।