फाइल तस्वीर एयर डाइनेस्टीको हेलिकप्टर ।
काठमाडौँ, साउन २३ गते । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी चार जनाको मृत्युभएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि १ बजेर ५४ मिनेटमा उडेर केही बेरपछि नै दुर्घटनामा परेको उक्त हेलिकप्टरमा कति जना सवार थिए भन्ने अझै पुष्टिभएको छैन ।


दुर्घटनामा परी निधन भएका मध्ये दुई जना पुरुष र एक महिला छन् भने अर्को एउटा शवको पहिचान खुलिनसकेको उद्धारमा खटिएका प्रहरीले जनाएका छन् । अन्य थप विवरण आउनै बाँकी । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
र्ता नम्बर ९एन–एजेडी एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

प्राप्त जानकारी अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । रहेको बताइएको छ । उनीहरु सबै पर्यटक हुन्हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी रहेका छन् ।