फाइल तस्वीर एयर डाइनेस्टीको हेलिकप्टर ।
काठमाडौँ, साउन २३ गते । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि १ बजेर ५४ मिनेटमा उडेर केही बेरपछि हराएको हेलिकप्टर दुर्घटनामा परेको पुष्टिभएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको हो ।

दर्ता नम्बर ९एन–एजेडी एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको हो । नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार उक्त हेलिकप्टर दुर्घटना भएको स्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले जनाए अनुसार दुर्घटनाग्रस्थ हेलिकप्टरमा आगो बलिरहेको र त्यहाँ उद्धार कार्य जारीरहेको बताइएको छ ।