फाइल तस्वीरः केन्द्रीय कार्यसमितिको बैठक ।
काठमाडौँ, साउन २३ गते । सत्तासाझेदार दल नेपाली काङग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा कार्यसमितिको बैठक सुरु भएको हो ।

आजबसेको केन्द्रीय कार्यसमितिको बैठकमा केही महिना अघि ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक गतिविधिहरूका बारेमा छलफल हुने जनाइएको छ । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र पार्टीको सङ्गठन निर्माणका विषय बैठकमा छलफल हुने मुख्य एजेण्डा रहेका छन् ।

केन्द्रीय कार्यसमितिले महासमिति बैठकबाट पारित नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नुको साथै पार्टीका कतिपय भ्रातृ सङ्गठनहरुको अधिवेशन हुन नसकिरहेकोले ती सङ्गगतहरुको अधिवेशन गराउन पहल गर्नेदेखि वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने सम्बन्धमा पनि छलफल गरी निर्णय गर्ने छलफल हुने बताइएको छ ।
काङ्ग्रेस केन्द्रीय समितिको बैठकको मुख्य एजेण्ड महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र पार्टीको सङ्गठन निर्माण