काठमाडौँ, साउन २३ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १:०० बजे बस्ने भएको हो ।

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।