फाइल तस्वीर
काठमाडौँ, साउन २२ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

सो भेटमा उहाँहरूबीच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।