फाइल तस्वीर
काठमाडौँ, साउन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि कडा रुपमा प्रस्तुत हुने बताउनुभएको छ । प्रधानमन्त्रीले आज मङ्गलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उक्त धारणा व्यक्त गर्नभएको हो ।

उक्त बैठकमा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले सो सम्बन्धि ऐन संशोधन गर्न चाहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सोही अनुसारको ऐन आवश्यक हुने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचार सम्बन्धि कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन आवश्यक रहेको बताउनुभयो ।’