फाइल तस्वीर
काठमाडौँ, साउन २२ गते । हिजो सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक लाख ५० हजार रुपैयाँ कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ ।