फाइल तस्वीर
काठमाडौँ, साउन २१ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पु¥याउने बताउनुभएको छ । भगवती मानव कल्याण सङ्गठनद्धारा ‘एकवृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित एक करोड वृक्षारोपण अभियानको आज पाशुपतक्षेत्रमा शुभारम्भ गर्दै उहाँले सरकारले वृक्षारोपणलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्गठनका महासचिव अजय अवस्थीले जलवायु परिवर्तन, वायु प्रदूषण, बाढीपहिरोलगायतका समस्यालाई दृष्टिगत गर्दै देशभर वृक्षारोपण अभियान सुरु गरिएको जानकारी दिनुभयो । त्यसअवसरमा मन्त्री शाही, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र महासचिव अवस्थीलगायतले विरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको सङ्गठनले जनाएको छ ।