काङ्ग्रेस पदाधिकारी बैठकको फाइल तस्वीर ।

काठमाडौँ, साउन २१ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसको पर्सी साउन २३ गते बस्ने केन्द्रीय समितिको बैठकले पार्टीका विभिन्न विभागहरुको प्रमुख चयन गर्ने भएको छ । पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा यस्तो छलफल भएको हो ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा ललितपुरको गोदावरीमा सम्पन्न भएको महासमितिले पारित गरेका दस्तावेजहरूलाई अन्तिमरूप दिंदै आगामी केन्द्रीय समिति बैठकमा पेस गर्ने छललफल गरेको छ ।

यसैगरी सो बैठकले केन्द्रीय समितिको बैठक बस्नुअघि नै विभागीय प्रमुखहरु तोक्ने र अधिवेशन हुन नसकेका पार्टीको भ्रातृ संगठनको निर्वाचन आठ महिनाभित्र (यही वर्षको अन्त्यसम्म) गर्नेगरी निर्देशक समिति बनाउने विषयमा पनि छलफल भएको नेता मीन विश्वकर्माले जानकारी गराउनुभएको छ ।