राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौँ, साउन १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री खड्गप्रसाद शर्माको सिफारिसमा राष्ट्रपति पौडलले आज शुक्रबार तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिबाट राज्यमन्त्रीमा नियुक्त गरिएकाहरुमा अरुणकुमार चौधरी, पूर्णबहादुर तामाङ र रुपा विश्वकर्मा हुनुहुन्छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, तामाङ र विश्वकर्मालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राज्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ र विश्वकर्मालाई वन तथा वातावरण र मन्त्रालयको जिम्मेवारी दिइएको छ । यससँगै गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।