फाइल तस्वीर
काठमाडौँ, साउन १८ गते । थाई एयर एसियाले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा चार उडान गर्ने अनुमति पाएको छ । थाइल्याण्डको उक्त विमान कम्पनीलाई भैरहवा उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो ।

थाई एयर एसियाले काठमाडौँस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन र भैरहवा विमानस्थिलमा चार दिन उडान गर्ने गरी अनुमति दिइएको प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भिड हुँदा वायुसेवा कम्पनीलाई भैरहवा र पोखरा विमानस्थलमा उडानका लागि प्राथमिकता प्राधिकरणले जनाएको छ ।

भैरहवा विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले नियमित उडान थाले पनि निरन्तरता भने दिन सकेका छैनन् । मुख्यगरी यी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सुचारु गर्न आन्तरिक व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ ।