फाइल तस्वीर
काठमाडौँ, साउन १८ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको छ ।

यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज एक सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।