फाइल तस्वीर एमालेको सचिवालय बैठक ।
काठमाडौँ, साउन १७ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । सचिवालयको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेससँगको नयाँ गठबन्धनबाट सरकारको नेतृत्व गर्न पुगेको एमालेले आज बस्ने सचिवालय बैठकबाट नेताहरूको कार्यविभाजन गर्ने बताइएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज बस्ने पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने बताउनुभयो । बैठकमा देशको समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।