फाइल तस्वीर
काठमाडौँ, साउन १७ गते । पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्दै आएको सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेपछि गएरातिबाट लागूहुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।

निगमले पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत कायम राखेको छ ।

निगमले निर्धारण गरेको नयाँ मूल्य अनुसार पहिलो वर्ग (काठमाडौं, पोखरा र दिपालय क्षेत्र) मा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने दोस्रो वर्ग (झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्र) मा १६७ रुपैयाँ ५० पैसा तथा तेस्रो वर्ग (सुर्खेत र दाङ क्षेत्र)मा १६९ रुपैयाँ पर्नेछ ।

यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि सोही आधारमा क्रमशः पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ निर्धारण गरेको छ ।