फाइल तस्वीर ।
काठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको बैठक नेताहरूको व्यस्तताका कारण १ बजे बस्ने गरीसरेको हो ।

पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा नेताहरूले उठाएका प्रश्नहरुको जवाफ दिनुहुने कार्यक्रम छ ।

शुक्रबारदेखि जारी बैठकमा नेताहरूले अहिलेको अवस्थामा विचारको विकास र पार्टी निर्माणबारे आ–आफ्ना विचार राख्नुभएको थियो । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे पार्टी अध्यक्ष प्रचण्डले बिफ्रिङ गर्नुभएको थियो ।

बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि सचिवालय बैठक आजै सकिने बताइएको छ । बैठकले आगामी योजनाको प्रारूप तयारी गरी स्थायी समिति बैठक बोलाउने र स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाहरु तय गर्ने र भदौ महिनामा केन्द्रीय समितिको बैठक आह्वान गर्ने बताइएको छ ।