फाइल तस्वीर
काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वका सरकारले विभिन्न १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । हिजो सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले १८ देशका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

सरकारले राजदूतका लागि सिफारिस गरिएकाहरुमध्ये पूर्वउपसभामुख एवम् एमाले स्थायी समिति सदस्य शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरिया, चीनमा भिजिटिङ प्रोफेसरका रुपमा रहनुभएका एमाले निटक कृष्णप्रसाद ओलीलाई चीनका लागि सिफारिस गरेको छ ।

राजदूतका लागि सिफारिस गरिएकाहरुमध्ये भारतमै कार्यरत राजदूत डा. शङ्कर शर्मालाई पुनः सोही ठाउँमा, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई अमेरिका, पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतका लागि प्रस्ताव गरिएको छ ।

यसैगरी जर्मनीमा शैल रुपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, इजरायलमा धनप्रसाद पण्डित, साउदी अरबमा नरेशविक्रम ढकाल, पोर्चुगलमा प्रकाशमणि पौडेल, मलेसियामा डा. नेत्रप्रसाद तिम्सिना र रिता धिताललाई पाकिस्तानको राजदूतमा सिफारिस गरिएको छ ।

सरकारले सिरफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाई समितिले सुनुवाइ गरेर अनुमोदन गरेपछिमात्रै राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी आह्वान गर्नुपर्ने हुन्छ । प्राप्त उजुरीहरुको छानविन गरेपछि सुनुवाई समितिले अनुमोदन गर्नेछ ।