फाइल तस्वीर
काठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली काङ्ग्रेस गठबन्धनको सरकारले तीन वटा प्रदेशका प्रमुख परिवर्तन गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गरेको हो ।

मन्त्रिपरिषद्ले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई हटाउने निणर्य गरेको छ । शर्मा एकीकृत समाजवादीबाट, शेरचन र परियार माओवादी केन्द्रबाट प्रदेश प्रमुख बन्नुभएको थियो ।

ओली नेतृत्वको सरकारले अब बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशको प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्ने तयारी गरेको छ । सङ्घीय सरकारको नेतृत्व परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुखहरु पनि परिर्वतन गर्दै आएको छ ।