फाइल तस्वीर प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, साउन १५ गते । प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको चौंथो अधिवेशनको ४४ औं बैठक बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्नुहुने कार्यसूची रहेकोे छ ।

संसद् सचिवालयले जारी गरेको कार्यसुची अनुसार सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

3535