साङ्केतिक तस्वीर
काठमाडौँ साउन १३ गते । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर शनिबार राति ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले शनिबार राति १० बजेर १३ मिनेटमा ताप्लेजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प गरेको र उक्त भूकम्प सामान्य खालको भएको जानकारी दिनुभयो ।

भूकम्पको धक्का ताप्लेजुङसँगै आसपासका अन्य जिल्लामा पनि महसुस गरिएको थियो । गएराति भूकम्प जाँदा स्थानीय त्रसित भएर घर बाहिर निस्किएका थिए । गत असार २६ गते पनि फक्ताङलुङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।