फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, साउन १३ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । राजधानीको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आइतबार दिउँसो १ बजेका प्रतिनिधिसभाको बैठब बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यसैगरी राष्ट्रियसभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भनी विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

samsad