फाइल तस्वीर
काठमाडौँ, साउन १० गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच आज बिहिबार दिउँसो सिंहदरबार स्थित परराष्ट्र मन्त्रालमा भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल–श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।