फाइल तस्वीर
काठमाडौँ, साउन १० गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, बुधबार प्रतितोला एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ ।