तस्वीरमा मन्त्रिपरिषद्को बैठक ।
काठमाडौँ, साउन १० गते । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । ले विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

हिजो बुधबार बिहान काठमाडौंबाट पोखराका उडान गर्न लागेको सौर्य एयरलाइन्सको विमान ११ः११ बजे उडेको केही सेकेण्डमै दुर्घटन भएको थियो । उक्त विमानमा सवार १९ जना मध्ये विमानका चालक क्याप्टेन मनिषरत्न शाक्य बाहेक अन्य सबै यात्रुहरुको निधन भएको थियो । क्याप्टेन मनिषरत्नको काठमाडौँको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनाको अध्ययन गर्न पाँच सदस्यीय जाँचबुझ आयोगसमेत गठन गरेको छ । नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित पाँच सदस्यीय जाँचबुझ आयोगलाई विमान दुर्घटना हुनुको कारण र यस्ता दुर्घटना हुनबाट रोक्ने उपायहरुको अध्ययन गरी ४५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझानेगरी समय तोकेको छ ।