मन्त्रिपरिषद्को बैठक ।
काठमाडौँ, साउन ९ गते । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । आज बुधबार अपरान्ह ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको हो ।

आज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनालाई लिएर प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अपरान्ह मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।

विमान दुर्घटनापछि विमानस्थल पुग्नुभएका प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बस्नलागेको मन्त्रिपरिषद्को बैठकमा उक्त विमान दुर्घटनामा परी निधन भएका परिवारहरुलाई राहत र छानविन समिति गठन गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटना भए लगत्तै प्रधानमन्त्री ओलीसहित, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेलगायत उच्च ओहोदाका अधिकारीसमेत विमानस्थल पुग्नुभएको थियो । विमानस्थलको निरीक्षणपछि प्रधानमन्त्री ओलीले तत्कालै नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट विस्तृत विवरण बुझ्नुभएको थियो ।