काठमाडौँ, साउन ८ गते । सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक आज मङ्गलबार बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको जनाइएको छ ।