फाइल तस्वीर
काठमाडौँ, साउन ७ गते । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार तीन सय रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख ४५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार सात सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।