फाइल तस्वीरः प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवा ।


सुर्खेत, साउन ७ गते । केन्द्रीय राजनीतिमा सत्ता समीकरण फेरबलद भएपछि नेपाल कम्युनिस्ष्ट पार्टी माओवादी केन्द्र प्रदेशबाट समेत सत्ताबाट बाहिरिएको छ । देशका दुई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र एमालेबीच सत्ताको नयाँ समीकरण बनेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो ।

हिजो आइतबार बागमती प्रदेशबाट मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पदबाट राजीनामा दिनुभएको थियो भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि राजीनामा दिएर एमाले काङ्ग्रेसलाई सरकार बनाउन सहज बनाइदिनुभएको छ । बागमती र लुम्बिनी प्रदेशका दुवै मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका हुनुहुन्छ ।

कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिंदै हुनुहुन्छ भने कोशी प्रदेश सरकारमा सामेल माओवादी केन्द्रका मन्त्रीहरुले पनि आजै साँझसम्ममा राजीनामा दिने बताइएको छ । प्रदेश सरकारबाट बहिर्गमित भएपछि माओवादी केन्द्रले दिंदै आएको समर्थन पनि फिर्ता लिनेभएको छ ।

बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नुभएका नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीहरुले पदबाट राजीनामा दिएपछि बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छ ।