फाइल तस्वीर
काठमाडौँ, साउन ७ गते । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

असार ३० गते संसद्को सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले हिजो आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको थियो ।

तयसैगरी आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।