फाइल तस्वीर ।

काठमाडौँ साउन ७ गते । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको फिस्लिङमा अविरल परेको वर्षाका कारण लेदो माटोसहितको पहिरो खस्दा उक्त राजमार्ग अवरुद्ध हुन पुगेको हो ।

पहिलो आज सोमबार बिहान पौने पाँच बजेतिर खसेकोले सडक अवरुद्ध भएको छ । पहिरो खसेको उक्त स्थानमा बिहान साढे पाँच बजेदेखि नै पहिरो पन्छाउने काम भएको भइरहेको छ । पहिरो पन्छाए पछि दुवैतर्फी यातायात सञ्चालन हुने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।