फाइल तस्वीर
काठमाडौँ, साउन ६ गते । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० रुपैयाँ निर्धारण भएको छ ।