फाइल तस्वीर
काठमाडौँ, साउन ६ गते । नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।